एशियन फेन्सिङ्ग च्याम्पियनसिपका लागि अनिता कार्की र अनिता अधिकारी कुवेत आउदै
कुवेत – एशियन फेन्सिङ्ग च्याम्पियनसिपका लागि फेन्सर अनिता कार्की र अनिता अधिकारी कुवेत आउने भएका छन ।
कुवेत फेन्सिङ्ग महासंघको आयोजनामा यही जुन २१ देखी २७ सम्म कुवेतस्थित शेख शाड् अल अब्दुल्लाह स्पोर्ट कम्पलेक्समा हुने एशियन फेन्सिङ्ग च्याम्पियनसिपका लागि फेन्सर अनिता कार्की र अनिता अधिकारी कुवेत आउन लागेका म्याराथन धावक नारायण श्रेष्ठले जानकारी दिएका छन ।
नेपालमा फेन्सिङ धेरैले नचिनेको ओलम्पिककै एउटा पुरानो खेल हो । तर नेपालमा भने यो खासै परिचित नभएता पनि अहिले भने यो खेल परिचित हुदैछ । नेपालमा फेन्सिङको इतिहास अन्य खेलको भन्दा छोटो छ । नेपालमा सन् २०१० को डिसेम्बरबाट यो खेल खेल्न शुरु गरिएको हो । खेलाडी झट्ट हेर्दा अन्तरिक्षयात्री जस्ता देखिने अनुहारमा जाली आकारको बलियो मास्क र करेन्ट बग्ने कपडा लगाएका हुन्छ्न । मार्सल आर्टस विधाको तरबारबाजी जस्तै देखिने यो खेलको नाम फेन्सिङ हो । यो खेलमा एउटा खेलाडीको तरबारले अर्को खेलाडीको सुचालक कपडा छोएमा अंक पाउँछन् । त्यसैका आधारमा हार जित हुन्छ । फेन्सिङ तीव्र गतिमा खेलिने खेलमध्येको एक खेल हो ।
फेन्सर अनिता कार्की र अनिता अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक जित्न सफल भईसकेका छन । बि.स २०७४ मा विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुदमा एपीएफ टोलीको प्रतिनिधित्व गर्दै फेन्सर अनिता कार्की राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन् । भने उनले सन् २०१९ मा इटालीमा भएको १३ औं समर युनिभर्सियाडबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा शुभारम्भ गरेकी थिइन् । त्यस्तै अनिता अधिकारी पनि एपीएफ कै टोलीमा आबद्द छिन । उनले १९ औं एसियाली खेलकुदको फेन्सिङमा सहभागिता जनाई सकेकी छिन ।
June 17, 2024 2:56 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी