नेजस कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा, उपसभापति गुरुङ र केन्द्रीय सदस्य रसाईली कुवेत आईपुगे
कुवेत – नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री धनराज गुरुङ र विशेष अतिथि केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही आज कुवेत आइपुगेका छन ।

कुवेतको विमानस्थलमा समितिका पदाधिकारी तथा सदस्यको उपस्थितिमा उपसभापति गुरुङ , केन्द्रीय सदस्य रसाईली र केन्द्रीय महाधिवेशन प्रतिनिधि नरेन्द्र बहादुर भाट लाई स्वागत गरिएको छ । २१ जुन २०२४ दिन सम्पन्न हुने चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समितिका सभापति राजेन्द्र रसाईली बिरहीले जानकारी दिएका छन । कुवेतस्थित शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहल फर्वानियामा दिनको ठिक १२ बजेदेखि कार्यक्रम हुने आयोजकले बताएको छ ।

कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान् साथै नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि समितिका सभापति राजेन्द्र रसाईली बिरहीले अनुरोध गरेका छन ।
June 21, 2024 4:26 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।