शहिद लखन थापा मगर गोल्ड कपको बाँकी खेलहरु जुलाई ५ तारिक खेलाइने
२४ जुन २०२४, कुवेत / नेपाल मगर संघ शाखा कुवेतको आयोजना प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल प्रतियोगिता को बाँकी खेल क्वार्टर फाईनल,सेमिफाईनल,फाईनल खेलहरु आगामी ५ जुलाई २०२४ शुक्रबारका दिन बिहानको ठिक ०७.०० बजे देखी कुवेतको अबुहालिफा स्थित (kuwait technical college) को भलिवल स्टेडियममा खेलाइने समाजको माहसचिब श्रवण गाहा मगरले मिडिया लाई जानकारी दिएको छ।
उक्त दिन हुने क्वार्टर फाईनल पहिलो खेल पोल (ए)बाट,पुर्व पश्चिम ब्रदर्स र लाफा समाज,बिच हुने छ। भने पोल(बी) बाट लाली गुराँस र नेपाल स्टार बिच खेल्ने छन। (ए)पोल बाट कल्याणकारी युवा समाज र (बी) पोल बाट लुम्बिनी समाज कुबेत सेमीफाइनल मा पुगी सकेका छन। खेल बिहानको ठिक ०७.०० बजे देखी खेलाइने छ। उक्त दिन हुने खेलमा तोकिएको समयमा खेलाडीहरु उपस्थित हुन नसकेमा Disqualified गरीने आयोजकले जानकारी दिएको छ। उक्त खेल हेर्न पनि आयोजक नेपाल मगर संघ शाखा कुवेतले सम्पूर्ण कुवेतवासी नेपालीहरु लाई अनुरोध गरेको छ।
टुर्नामेण्ट सम्बन्धी थप जानकारीको लागि:
गोल्ड कप संयोजक – मनु भुजेल मगर – ६९३३३८८३
महासचिव – श्रवण गाहा मगर – ६९०५८०२७
आयोजक – नेपाल मगर संघ शाखा कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध