नेपाली जनसंपर्क समिति क्यानडाद्वारा आयोजित भव्य समर बार्बिक्यु कार्यक्रम सम्पन्न
निरन्जन / जनसंपर्क समिति क्यानडाले शनिबार जुन २९मा क्यानडाको ओन्टारीयोमा अवश्थित ब्राम्पटन सहरको यल्डोराडो पार्कमा नेपाली जनसंपर्क समिति क्यानडाका सभापति उदय दुराज्युको सभापतित्व र नेपाली जनसम्पर्क समिति क्यानडाका उप-सभापति शम्भु सिंह ठकुरीज्युको संयोजकत्वमा आयोजना गरियको समर बार्बिक्यु कार्यक्रम भब्यताका साथ सम्पन्न भयको छ। कार्यक्रमका संयोजक शम्भु सिंह ठकुरीले मौसमले केही आसंका पैदा गरेता पनि कार्यक्रम आंकलन गरेको भन्दा भव्यताका साथ सम्पन्न भयकोमा खुसी ब्यक्त गर्नु भयो।

उक्त कार्यक्रममा जनसंपर्क समिति क्यानडाका तर्फबाट सभापति उदय दुरा, चेयर पर्शन निरन्जन थापा, महामन्त्रि रमेस रिजाल, सह-महामन्त्रि राम शाह प्रवक्ता शाह सनाथ अधिकारीज्युले छोटो मन्तव्य राख्नु भयको थियो भने जनसंपर्क समिति क्यानडाका पूर्व पदाधीकारी एवं समाज सेवीहरु सुरेन्द्र खड्का, राजु थापा, राज महत, केदार बस्नेत, अन्जनी भट्टराई, सुरज पाण्डे, धुर्व भट्टराईज्यु लगायतले मन्तब्य राख्नु भयको थियो।

बिभिन्न संघ सस्थाको तर्फबाट एन आर एन ए क्यानडाका पूर्व उपसभापति राज महत र उप सभापति किरोज श्रेष्ठज्यु, ग्लोबल एन आर एन ए क्यानडाका तर्फबाट चेयर पर्सन अन्जनी राज भट्टराईज्यु, जिपि फाउण्डेसनका सभापति केदार प्रसाद निरौला, महिला चौतारीकी चेयर पर्सन गीता दवाडी, एनसीएनसीका महा-सचिब राम किृष्ण रेग्मी, समाज सेवी अग्रज ढुण्डी राज पाण्डे लगायतले छोटो मन्तव्य राख्नु भयको थियो भने नेपाली कांग्रेसको १४ महाधिबेसनका प्रतिनिधी तुला भट्टचन, जनसंपर्क समिति क्यानडाका कानुनी सल्लाहकार भोजराज भट्ट, उपसभापति उज्वल चन्द्र गौतम, जनसंपर्क समिति क्यानडाका पूर्व-महामन्त्रि लिलाधर न्यौपाने, पूर्व महामन्त्रि बिद्धा भुषण कार्की, पूर्व प्रबक्ता राजु थापा, सह-महामन्त्रि नेत्र भट्टराई, ग्लोबल एन आर एन ए क्यानडाका सभापति गिरी बुढाथोकी, ग्लोबल एन आर एन ए क्यानडाका पूर्व महा-सचिब आशिर्वाद सुबेदीज्यु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम समापन गर्ने क्रममा सभापति उदय दुराज्युले नेपाली जनसंपर्क समिति क्यानडाले कसै संग पूर्वाह गर्ह र कम्पिटिसनको भावना नराखी सम्पूर्ण लोकतान्त्रिक बिचार राख्ने समुहहरुलाई एकताबद्ध गर्ने पर्तिबद्घता ब्यक्त गर्नु भयो। आज काम बिशेषको कारणले सहभागिता नजनाउनु भयता पनि आउने दिनहरुमा थप उत्साहजनक माहोल तयार गर्दै सबैलाई समान ब्यबहार गर्दै सबै संग हातेमालो गरेर अघि बढ्नेमा बिश्वस्त रहेको जानकारी गराउनु भयो।
July 2, 2024 2:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता