Friday 13th September 2024

कुवेतका जनजातीहरुले ३० औं विश्व आदिवासी दिवस मनाए (फोटो फिचरसहित)

1 month अगाडी

१० अगष्त २०२४ कुबेत / “विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ ३० औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा हिजो ९ अगष्त शुक्रबारका दिन नेपाल जनजाती महासंघ कुवेत शाखाको बिशेष आव्ह्वान तथा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा ३० औं विश्व आदिवासी दिवस (30th International Day of the World’s Indigenous People ) भब्यरुपमा मनाईएको छ ।


“विश्वभरका आदिवासी जनजाती एक हौ,आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्” भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले यो दिवस प्रत्येक वर्ष भव्यताका मनाउदै आइरहेका छन् । भने कुबेतमा पनि हिजो ९ अगष्त शुक्रबारका दिन विविध जातीय पहिचान झल्किने गीत,नृत्य, झाँकी र अन्य मनोरन्जात्मक साँस्कृतिक प्रस्तुतिहरु को साथमा कुवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतमा शुभकामना आदान प्रदान तथा ३० औं विश्व आदिवासी दिवस मनाईए।

नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाको अध्यक्ष अमृत तमाङको सभापतित्वमा प्रमुख आतिथ्यत नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल,विशिष्ट अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा,संस्थापक समाजसेवी महासंघ कुबेतका सल्लाहकार राजेन्द्र तामाङ, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल,एनआरएनए आईसिसि सदस्य हरि लावती,कुवेतमा क्रियाशिल नेपाली संघ संस्थाका प्रतिनिधि,पत्रकार कलाकार बुद्धिजीवी, हरूको आतिथ्यता रहेका थियाे।


कार्यक्रमलाई किरात राईयायोक्खा कुवेतका महासचिव -रोशन राई र नेपाल मगर संघ शाखा कुवेतका सचिब कल्पना मगरले संयुक्त रुपमा संचालन गरेका थिए। भने सभापति, प्रमुख अतिथी र विशिष्ट अतिथि,अतिथिहरुले संयुक्तरुप मा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । त्यसैगरी कार्यक्रम लाई नेपाली राष्ट्रिय गीत द्वारा मुर्त रुप दिईएको थियो। महांसघका महासचिब राजु गुरुङले स्वागत मन्तव्य द्वारा उपस्थित सबै लाई स्वागत गरेका थिए।

३० औं विश्व आदिवासी दिवसको कार्यक्रमको प्रमुख अतिथि राजदूत घनश्याम लम्सालले शुभकामना दिदै रोजगारीको सिलसिलामा प्रवासमा छरिएर रहेपनी आफनो कला रितिरिवाज, संस्कृति परम्परा जोगाउन लागि परेकोमा धेरै धेरै धन्यवाद दिदै ३० औं विश्व आदिवासी दिवसको शुभकामना दिएका थिए। यसैगरी विशिष्ट अतिथि,कुबेतमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधि आठै वाट जातिय संस्थाका अध्यक्षहरुले ३० औं विश्व आदिवासी दिवसको शुभकामना मन्तव्य दिएको थिए।

अन्तम कार्यक्रमको समापन गर्दै अध्यक्ष अमृत तामाङले कार्यक्रम लाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका महासंघ कुवेतका सल्लाकार तथा सदस्यहरु आठै वाट जातिय संस्था शुभचिन्तक सहयोगीहरु सबै प्रती आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्णमा सहयोगीहरु कुवेतमा क्रियाशिल नेपाली संघ संस्था पत्रकार तथा कार्यक्रम उपस्थित सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थियो।

          August 11, 2024 7:40 pm | लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...