हिमालय एअरलाइन्सले कुवेतमा फेरि उडान शुरू गर्ने
2 years अगाडी
manoj Thapa
काठमाण्डाै – हिमालय एअरलाइन्सले कुवेतमा फेरि उडान शुरू गर्ने भएको छ । नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्सका रूपमा रहेको हिमालय एअरलाइन्सले यही अगस्टको २० तारिखदेखि काठमाण्डौ–कुवेत सिधा उडान गर्ने भएको हो ।
काठमाण्डाै–कुवेत–काठमाण्डाै उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई बलियाे बनाउने तथा पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्न सहयोग पुर्याउने एअरलाइन्सले जनाएको छ । सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि एअरलाइन्सले कुवेतका लागि जनरल सेल्स एजेन्ट जीएसएको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ ।
शुरूमा हप्तामा एउटा उडान हुनेछ । हिमालय एअरलाइन्ससँग अहिले चार वटा जहाज रहेका छन् । यो एअरलाइन्सले संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडान सञ्चालन गरिरहेको छ । उज्यालो
August 12, 2024 11:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...