२०२५ को भ्यालेण्टाईनमा “निरेम सांगितिक उत्सव”आयोजना गर्ने भएको छ
कुवेत / निरेम प्रोडक्सनले सन् २०२५ को ‘भ्यालेण्टाईन डे’ अर्थात प्रणय दिवसको दिन ‘निरेम सांगितिक उत्सव २०२५’ आयोजना गर्ने भएको छ । मुख्यत : युवा तन्नेरीहरूले फेब्रुवरी दोस्रो साताभरी मनाउँने प्रणय दिवसमा यसपाली निरेमले ‘टिनएज’ नेपाली समूदायलाई लक्षित गर्दै प्रणय उत्सव गर्न लागको हो । फेब्रुवरी १४ तारिक हुने उक्त उत्सवमा नेपाली सांगितिक समूहकको प्रस्तुति रहने छ भने साथमा बिभिन्न प्रेमिल सांगित र साहित्यिक प्रस्तुति हुने आयोजक निरेमले बताएको छ । यधपी नपालको कुन सांगितिक समूह वा गायक/गायिकाको प्रस्तुति रहनेछ भन्ने चाँहि अहिले टुङ्गिएको छैन ।
नेपाली श्रमगन्तव्य मध्यको प्रमुख मानिने कुवेतमा युवा श्रमिकको संख्या पनि उल्लेख्य भएका कारण आउँदो भ्यालेण्टाईन डे को दिन यो प्रणय सम्बन्धित कार्यक्रम आयोजना गर्न लागिएको आयोजक निरेमको दावि छ । बहुसंख्यक मुस्लिम समुदायको बाहुल्य रहेको कुवेतमा नेपाली श्रमीकहरुलाई कामको अलावा मनोरञ्जन गर्ने साधन र स्थानको सिमितता रहेको अवस्थामा यो कार्यक्रमले थोरै भएपनि ‘फ्रेस’ बनाउँने आयोजकको भनाई छ । बिशेषगरी रोम समुदाय र संस्कृतिबाट सुरु भएको भ्यालेण्टाईन डे बिस्तारै मध्यपूर्व र एसिया हुँदै नेपाल र नेपाली समुदायकाबिच पनि लोकप्रिय हुँदै जानथालेको छ । सेन्ट भ्यालेण्टाईनको प्रेम प्रसङ्गको सम्झनामा मनाउँन सुरु भएको भ्यालेण्टाईन डे युवा युवतीले बिशेष प्रेम पर्वको रुपमा मनाउँने गर्दछन् ।
September 1, 2024 10:34 pm | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने