बाँकेको नरैनापुरमा झाडापखालाबाट शरीरमा पानी कमी हुँदा चार जनाको ज्यान गएको पुष्टि
काठमाण्डौ – बाँकेको नरैनापुरमा झाडापखालाबाट शरीरमा पानीको कमी हुँदा चार जनाको ज्यान गएको पुष्टि भएको छ । बिरामीपरेका मध्ये एकै परिवारका तीनसहित चार जनाको ज्यान गएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवम् महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले ज्यान गएको जानकारी दिनुभयो ।
मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ज्यान गएको पुष्टि भएको छ ।
गएको भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र शाहले जानकारी दिनुभयो । नरैनापुर–३ गेगलीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङक्रमण देखिएको थियो ।
सङक्रमणबाट ज्यान गुमाउनेमा ७५ वर्षीया शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी, एक वर्षकी नाबालिका र युसुफ अलि रहेका छन् । झाडापखाला देखिएको नरैनापुरमा हैजाजन्य किटाणु भने नभएको स्वास्थ्य शाखाका प्रमुख अङ्गत शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ । उज्यालो
September 3, 2024 8:41 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री