एनआरएनए कुवेत भलिबल कप २०२४ “को उपाधि लुम्बिनीलाई
कुवेत, एनआरएनए एनसिसि कुवेतद्वारा आयोजित भलिबल कप प्रतियोगितामा लुम्बिनी समाज नेपाल कुवेतले उपाधि जितेको छ। प्रतियोगितामा दुई भुटानी टोलीसहित १३ टिमले सहभागिता जनाएको थिय। यस क्रममा, कल्याणकारी नेपाली युवा समाजले दोस्रो स्थान र निरेम ग्रुपले तेस्रो स्थान प्राप्त गरेको थियो

प्रतियोगितामा एनआरएनए एनसिसि कुवेतका अध्यक्ष रणध्वज लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि नेपाल राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल थिए भने विशेष अतिथिमा भुटानी राजदूत चितेम तेनजिनको उपस्थिति रहेको थियो। कार्यक्रममा दुवै देशका दूतावास परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।

कुवेतको भलिबल इतिहासमा सबैभन्दा ठूलो धनराशि पुरस्कार प्रदान गरिएको यस प्रतियोगिताले खेलाडीहरूलाई उच्च हौसला प्रदान गरेको छ। यसले भलिबल खेलप्रति चासो र लोकप्रियता बढेको समेत देखाएको छ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै एनसिसि कुवेतका उपाध्यक्ष तथा खेलकुद विभाग प्रमुख विकास सिंह ठकुरीले आगामी दिनहरूमा पनि यस्ता खेलकुद गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
September 15, 2024 9:33 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण