बागलुङ सेवा समाज कुबेतको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा दिपक कुमार नेपाली
शुरेस गुरुङ ,कुबेत,/”समृद्ध बागलुङका लागि हाम्रो साझा प्रतिबद्धता” भन्ने मुल उदेश्यको साथ १९ जुलाई २०२४ मा कुबेतमा स्थापना भएको बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आज सेप्टेम्बर २० तारिख २०२४ का दिन कुवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा सम्पन्न अधिवेशनबाट सन २०२४-२०२६ कार्यकालको लागि दिपक कुमार नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

अधिवेशनको संयोजक दिपक कुमार नेपालीको सभाध्यक्षता,नेपाली राजदूतावास कुवेतका प्रथम सचिव सुजन विडारीको प्रमुख आतिथ्यता,गैर आवासीय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा एवं नेपाल पत्रकार महासंघ कुवेतकाअध्यक्ष एकराज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,लगगायतको विशिष्ट आतिथ्यता तथा कुवेतमा क्रियाशिल विभिन्न संघ-संस्था पदाधिकारीहरू,पत्रकार,समाजसेवी,वुद्धिजीवि लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा बागलुङ तथा गैर बागलुङका दाजुभाई तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई समाजका सल्हाकार युवराज गैरे, गोकुल महत,कल्पना मगरले, संचालन गरेको कार्यक्रममा राष्ट्रिय गान पश्चात सभापति,प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथिद्वारा सयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी केक काटेर उद्घाटन गरिएको कार्यक्रममा समाजको सल्हाकार (मनु भुजेल मगर)ले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। समाजको सल्हाकार दिल पुन,सल्लहाकार मनु भुजेल मगरले समाज र जिल्ला को बारेमा प्रस्ट पर्नु भएको थियो।
कार्यक्रम लाई थप आकर्षक गर्न राष्ट्रिय पञ्चेवाजा नेपाल कुवेतको टिम,एकल गयान, सामूहिक नृत्य,एकल नृत्य,प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो। कार्यक्रमलाई भब्यरुप मा सफाल पर्न सहयोग गर्ने सहयोगी ब्याक्तित्व,संस्था कलाकार,मिडिया लाई स- सम्मान सहित कदर र प्रशंसा पत्रले सम्मान गरेको थियो । कार्यसमिती को नाम लिस्ट चाडै नै मिडिया लाई उपल्बद गराउने आयोजकले जानकारी दिएको छ। ।
September 21, 2024 5:00 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन