लेबनानमा इजरायली आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुग्यो
लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट १ हजार ६ सय ४५ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेमा ३५ जना बालबालिका र ५८ जना महिला रहेका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
मन्त्रालयका अनुसार इजरायलले हिजबुल्लाहविरुद्ध सबैभन्दा ठूलो हवाई आक्रमण गरेको हो जुन सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछि हिंसाको सबैभन्दा घातक दिन हो । तीव्र आक्रमण हुन थालेपछि दशौँ हजार नागरिक दक्षिणी लेबनानबाट भागेका छन् ।
इजरायलले हिजबुल्लाहमाथि लगातार मिसाइल र रकेट प्रहार गरिरहेको दाबी गरेको छ । हिजबुल्लाहल पनि इजरायलमा रकेट प्रहार गरेको बताएको छ । लेवनानका प्रधानमन्त्री नजिब मिकातीले सरकारले हिंसा र युद्ध रोक्न प्रयास गरे पनि असफल भएको बताउनुभएको छ ।
उहाँले आक्रमणका कारण कूटनीतिक, मानवीय, स्वास्थ्य, सुरक्षा र नागरिकको जीविकोपार्जनको सन्दर्भमा कमजोर बेरुतको बन्दरगाह,दक्षिण लेवनान र बेका भ्यालीबाट नागरिकहरु विस्तापित भइरहेका बताउनुभयो । बढ्दो हिंसाप्रति संयुक्त राष्ट्र सङ्घ र मध्यपूर्वी देशहरु चिन्तित भएका छन् उज्यालो
September 24, 2024 8:30 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो