असोजमा श्रम स्वीकृति लिएर ५३ हजार ५ सय २५ जना विदेशिए
1 year अगाडी
manoj Thapa
काठमाण्डौ – मुख्य पर्व दशैँ परेको महिना असोजमा पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रहेको छ । वैदेशिक रोजगार विभागकाअनुसार अघिल्लो महिना असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।
असोजमा १७ हजार सात सय २४ जना नेपाली यूएई, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतार, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन् ।
यसैगरी असोजमा युरोपेली देशहरु रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि उल्लेख्य छ । गएको भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए । उज्यालो
October 20, 2024 8:30 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...