नेपालले अमेरिकालाई दियाे १ सय ७१ रनकाे लक्ष्य, कुशल भुर्तेल ९२ रनमा नटआउट
1 year अगाडी
manoj Thapa
काठमाण्डाै – दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई १ सय ७१ रनकाे लक्ष्य दिएकाे छ ।
डालासमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायाे । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चाैका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नाेस्थुश केन्जिगेले समान २ विकेट लिए ।
तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भाेलि हुनेछ ।
याे टी–२० शृङ्खलापछि अमेरिकामै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ । उज्यालो
October 20, 2024 8:35 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...