स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने भारतको तयारी
1 year अगाडी
manoj Thapa
भारतले उद्योगपति एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने तयारी गरेको छ ।
सुरक्षा जाँच सफल भए भारतमा स्टारलिङ्क सञ्चालन गर्न अनुमति दिने तयारी भएको हो । स्टारलिङ्कको सम्भावित प्रक्षेपण विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतमा कडा नीतिगत बहस र राष्ट्रिय सुरक्षा चिन्ताका साथ भएको छ ।
सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले सुरक्षाको दृष्टिकोणबाट सबै सर्तहरू पूरा गरेको अवस्थामा मात्र भारतले कम्पनीलाई सञ्चालन गर्न दिने बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय सरकारका प्रतिनिधि र स्टारलिङ्कका बीच डेटा भण्डारणसहितका केही सुरक्षासम्बन्धी विषयहरूमा केही दिनदेखि छलफल चलिरहेको छ । उज्यालो
November 13, 2024 11:05 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...