रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
प्रहरीले आज पाँचौं पटक लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ ।
सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेर प्रहरीले लामिछानेलाई पोखरा पुर्याएपछि आज पाँचौं पटक म्याद थप भएको हो ।
यसअघि लामिछानेमाथि अनुसन्धान गर्न कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन, तेस्रो पटक १० र चौथो पटक १३ दिनको समय दिएको थियो ।
लामिछानेलाई प्रहरीले रुपन्देही लगेरसमेत बयान लिइसकेको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाण्डौबाट समेत पक्राउ पूर्जी जारी भएको छ । उज्यालो
November 24, 2024 4:37 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’