रक्तदान कार्यक्रम आयोजना गर्दै पत्रकार महासंघ कुवेत
2 years अगाडी
manoj Thapa
कुवेत/नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित कुवेतमा दोस्रो पटक आयोजना हुन लागेको यो कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा दिउँसो १:०० बजेदेखि सञ्चालन हुने छ।
पत्रकार महासंघका अध्यक्ष एकराज मल्लका अनुसार यस कार्यक्रमलाई सफल बनाउन कुवेतमा रहेका सम्पूर्ण क्रियाशील संघसंस्था, समाजसेवी, बुद्धिजीवी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई रक्तदान कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।
रक्तदान कार्यक्रमबारे थप जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ!
एकराज मल्ल-:
नवराज पन्थी-:
चन्द्रबहादुर गौतम-:
आकाश शेर्पा -:
जे.एन. थारु -:97321634
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
झिमरुक खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
Loading...