सुनकाे भाउ दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घट्यो
काठमाण्डौ – सुनको भाउ हिजो र आज दुई दिनमा तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ आज पनि एकैदिन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४८ हजार सात सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ५१ हजार तीन सय रुपैयाँमा झरेकाे थियो । केही दिनअघि निरन्तर बढे्को सुनको भाउ हिजो भन्सार महसूल घटेसँगै घट्न थालेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि २५ रुपैयाँले घटेको छ । चाँदीकाे भाउ २५ रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय २० रुपैयाँ कायम भएकाे महासङ्घले जनाएको छ ।
सरकारले भारतमा सुनको भन्सार महसूल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसूल घटाइएको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । उज्यालो
November 26, 2024 12:36 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग