

सुनकाे भाउ दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ हिजो र आज दुई दिनमा तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ आज पनि एकैदिन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४८ हजार सात सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ५१ हजार तीन सय रुपैयाँमा झरेकाे थियो । केही दिनअघि निरन्तर बढे्को सुनको भाउ हिजो भन्सार महसूल घटेसँगै घट्न थालेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि २५ रुपैयाँले घटेको छ । चाँदीकाे भाउ २५ रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय २० रुपैयाँ कायम भएकाे महासङ्घले जनाएको छ ।
सरकारले भारतमा सुनको भन्सार महसूल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसूल घटाइएको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । उज्यालो
November 26, 2024 12:36 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

