एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर पुरस्कार रकम घोषणा गरेको हाे । क्यानका अनुसार विजेताले एक करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्राे हुनेले २५ लाख र चौथो हुने टाेलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
क्यानकाे आयाेजनामा भइरहेकाे एनपीएलकाे पहिलाे संस्करणमा आठ वटा टाेली सहभागी भएकामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्स एनपीएलको प्लेअफमा पुगेका छन् ।
भोलि इलिमिनेटरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली खेल्नेछन् । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।
भोलि नै दिउँसो १ बजे पहिलो क्वालिफायरमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीच खेल हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
दोस्रो क्वालिफायर खेल पर्सि बिहीवार दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोलीको विजेता बन्ने सम्भावना समाप्त हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ । उज्यालो
December 17, 2024 4:54 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप