

हवाई सुरक्षा जाँच गर्न दक्षिण कोरियाको निर्देशन

दक्षिण कोरियाले विमान दुर्घटनापछि हवाई सुरक्षा जाँच गर्न आदेश दिएको छ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले आफ्नो भूमिमा सबैभन्दा घातक विमान दुर्घटनामा एक सय ७९ जनाको ज्यान गएको एक दिनपछि देशको सम्पूर्ण वायु सेवा सञ्चालनको आपत्कालीन सुरक्षा निरीक्षणको आदेश दिनुभएको हो ।
जेजु एअरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घटना भएको थियो । कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले घटनाका अनुसन्धानकर्ताहरूलाई शोक सन्तप्त परिवारहरूलाई सान्त्वनाका लागि भए पनि दुर्घटनाको अनुसन्धान छिटो सक्न आग्रह गर्नुभएको छ ।
जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जेजु एअरको अर्को उडान पनि आज अवतरणका क्रममा केही प्राविधिक समस्या आएको भन्दै सियोल फर्किएपछि दक्षिण कोरियामा हवाई सुरक्षामा स्पष्ट चुनौती देखिएको बीबीसीले जनाएको छ । उज्यालो
December 30, 2024 5:06 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

