हवाई सुरक्षा जाँच गर्न दक्षिण कोरियाको निर्देशन
दक्षिण कोरियाले विमान दुर्घटनापछि हवाई सुरक्षा जाँच गर्न आदेश दिएको छ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले आफ्नो भूमिमा सबैभन्दा घातक विमान दुर्घटनामा एक सय ७९ जनाको ज्यान गएको एक दिनपछि देशको सम्पूर्ण वायु सेवा सञ्चालनको आपत्कालीन सुरक्षा निरीक्षणको आदेश दिनुभएको हो ।
जेजु एअरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घटना भएको थियो । कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले घटनाका अनुसन्धानकर्ताहरूलाई शोक सन्तप्त परिवारहरूलाई सान्त्वनाका लागि भए पनि दुर्घटनाको अनुसन्धान छिटो सक्न आग्रह गर्नुभएको छ ।
जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जेजु एअरको अर्को उडान पनि आज अवतरणका क्रममा केही प्राविधिक समस्या आएको भन्दै सियोल फर्किएपछि दक्षिण कोरियामा हवाई सुरक्षामा स्पष्ट चुनौती देखिएको बीबीसीले जनाएको छ । उज्यालो
December 30, 2024 5:06 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी