अमेरिकाको क्यालिफोर्नियामा भइरहेको आगलागी थप फैलने चेतावनी
अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा भइरहेको आगलागी फेरी तिब्र गतिमा फैलन सक्ने भन्दै चेतावनी जारी भएको छ । अमेरिकाको मौसम सेवा विभागले चेतावनी जारी गर्दै रिहायसी इलाकामा आगलागी तिबै गतिमा फैलन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
आगो निभाउनका लागि हेलिकोप्टरबाट पानी र आगो निभाउने ग्यास खन्याउने काम भइरहेपनि रोक्न नसकिएको अमेरिकाको हवाइ सेनाले जनाएको छ । क्यालिफोर्नियाका सात वटा छिमेकी अमेरिकी राज्य सहित क्यानडा र मेक्सिकोबाटसमेत आगो निभाउन सहयोग भइरहेको छ । प्रशासनले स्थानीयबासिन्दालाई घरबाट बाहिर ननिस्कन भनेको छ ।
लस एन्जसलमा इतिहासकै खराब आगलागी भइरहेको छ । अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ । शहरका हजारौँ संरचना जलेर नष्ट भइसकेका छन् । सुख्खापन र तीब्रगतिको हावाले गर्दा आगो निभाउन निकै सकस परिरहेको छ । लाखौँ मानिस घर छाडेर भागेका छन् । आगलागीका कारण विषाक्त धुँवा र हावा फैलिएपछि लस एन्जलस काउन्टीमा स्वास्थ्य आपतकालको घोषणा भएको छ । उज्यालो
January 12, 2025 4:51 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा