

सरकारले भ्रष्टलाई संरक्षण गर्ने काम मात्रै गरेको छ, चाँडै ढल्छ : प्रचण्ड

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार चाँडै ढल्ने जिकिर गर्नुभएको छ । असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको यो सरकार आजसम्म टिके पनि अब भने लामो समय नजाने प्रष्टै देखिएको प्रचण्डको भनाइ छ ।
बीच भलिबल प्रतियोगिता उद्घाटन गर्न सिन्धुपाल्चोकको सुकुटे पुग्नुभएका प्रचण्डले सरकारले अहिले दलाल र भ्रष्टहरुलाई संरक्षण गर्ने काम मात्रै गरेको आरोप लगाउँदै कांग्रेसभित्र पनि असन्तुष्टि पैदा भएको बताउनुभयो । माओवादीले सरकार ढाल्न कुनै गतिविधि नगरे पनि सरकार आफै ढल्ने प्रचण्डको जिकिर छ ।
सरकार आफैले आफ्नो आयु घटाइरहेको भन्दै प्रचण्डले माओवादीलाई सरकारमा जान कुनै हतार नभएको पनि बताउनुभयो । दुई तिहाइको दम्भ राख्ने सरकारसँग संसद् बोलाएर संसदमै प्रतिपक्षको सामना गर्ने हिम्मत नभएको प्रचण्डको टिप्पणी छ । सरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर शासन गर्ने प्रक्रियामा अघि बढेको भन्दै उहाँले विपक्षी दलहरूको तर्फबाट बैठक तत्काल बोलाउन आफूहरूले निरन्तर दबाब दिइरहेको पनि जानकारी दिनुभयो ।
फरक प्रसङ्गमा प्रचण्डले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको स्मरण गर्दै उहाँले नाका पुनः सहज रूपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले बीच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

कार्बन व्यापारका लागि स्पष्ट नीतिगत व्यवस्था गरिने

