नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजना हुने ‘सोनाम ल्होछार २८६१’ सांगीतिक कार्यक्रमको तयारी तीव्र
वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने ‘सोनाम ल्होछार २८६१’ को अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमको तयारी तीव्र पारेका छन ।
कुवेतस्थित जिलिवको अबरयर इन्डियन इन्टरनेशनल स्कूलको सभाहलमा आगामी १४ फेब्रुअरीमा हुने सांगीतिक प्रस्तुतिका नेपाल बाट अतिथि कलाकारहरु सुरेश लामा र सुमिना लो तामाङ आउने भएका छन । कार्यक्रममा स्थानीय कलाकारको समेत विविध सास्कृतिक प्रस्तुति रहने छ ।
प्रवास रहेर पनि तामाङ समुदायको सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । तामाङ समुदायको भाषा, कला र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गर्ने हेतुले सो कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त दिन हुने सांगीतिक कार्यक्रममा कुवेतमा रहेको नेपाली दूतावास, क्रियाशील नेपाली संघ – सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरु उपस्थित भई कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नको लागी आयोजकले अपिल गरेको छ ।
January 16, 2025 11:48 am | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी