अमेरिकामा टिकटक बन्द
अमेरिकामा प्रतिबन्ध लागू हुनु केही घण्टा अघिदेखि नै टिकटक चल्न छोडेको छ । टिकटक प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा आउनुअघि नै नचल्ने अर्थात् ‘अफलाइन’ भएको हो ।
अमेरिकी प्रयोगकर्तालाई टिकटक प्रतिबन्ध लगाउने कानुन घोषणा भएको भन्दै अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न भन्ने सन्देश दिइएको छ । प्रयोगकर्ताले गुगलको एप स्टोरमा टिकटक देखा नपरेको र टिकटक डटकममा भिडिओ पनि देखा नपरेको जनाएका छन् । यसअघि सञ्जालले अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आजदेखि अमेरिकामा आफ्नो सेवा नचल्ने बनाउन बाध्य हुने बताएको थियो ।
अमेरिकी सर्वोच्च अदालतले चिनियाँ भिडिओ शेअरिङ एपको माऊ कम्पनी बाइटड्यान्सलाई अमेरिकामा चल्ने टिकटक आइतवारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्धको सामना गर्न बनाइएको कानुनलाई मान्यता दिएको थियो । ह्वाइट हाउसले कानुन लागू गर्ने विषय नवनिर्वाचित राष्ट्रपतिमा निर्भर गर्ने बताएको बीबीसीले जनाएको छ ।
अमेरिकी वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल भोलि सकिँदैछ र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथग्रहण गर्दै हुनुहुन्छ । उज्यालो
January 19, 2025 4:58 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।