अमेरिकामा टिकटक बन्द
अमेरिकामा प्रतिबन्ध लागू हुनु केही घण्टा अघिदेखि नै टिकटक चल्न छोडेको छ । टिकटक प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा आउनुअघि नै नचल्ने अर्थात् ‘अफलाइन’ भएको हो ।
अमेरिकी प्रयोगकर्तालाई टिकटक प्रतिबन्ध लगाउने कानुन घोषणा भएको भन्दै अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न भन्ने सन्देश दिइएको छ । प्रयोगकर्ताले गुगलको एप स्टोरमा टिकटक देखा नपरेको र टिकटक डटकममा भिडिओ पनि देखा नपरेको जनाएका छन् । यसअघि सञ्जालले अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आजदेखि अमेरिकामा आफ्नो सेवा नचल्ने बनाउन बाध्य हुने बताएको थियो ।
अमेरिकी सर्वोच्च अदालतले चिनियाँ भिडिओ शेअरिङ एपको माऊ कम्पनी बाइटड्यान्सलाई अमेरिकामा चल्ने टिकटक आइतवारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्धको सामना गर्न बनाइएको कानुनलाई मान्यता दिएको थियो । ह्वाइट हाउसले कानुन लागू गर्ने विषय नवनिर्वाचित राष्ट्रपतिमा निर्भर गर्ने बताएको बीबीसीले जनाएको छ ।
अमेरिकी वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल भोलि सकिँदैछ र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथग्रहण गर्दै हुनुहुन्छ । उज्यालो
January 19, 2025 4:58 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत