बाग्मतीलाई हराउँदै पुलिस क्लब एन्फा महिला लिगको दोस्रो ‘क्वालिफायर’ मा
12 months अगाडी
manoj Thapa
काठमाण्डाै – बाग्मती युथलाई हराउँदै नेपाल पुलिस क्लब एन्फा महिला लिग फुटबलको दोस्रो क्वालिफायरमा पुगेको छ ।
एन्फा कम्प्लेक्सको मैदानमा सातदोबाटोमा आज भएको इलिमिनेटरमा पुलिसले बाग्मती युथलाई १–० गोलले हरायो । पुलिसको जीतमा अमृत जौशीले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् ।
एन्फा महिला लिगको पहिलो क्वालिफायरमा भोलि लिग चरणमा शीर्ष भएको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दाेस्राे भएकाे त्रिभुवन आर्मी क्लब खेल्दैछन् । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ । हार्ने टोलीले दोस्रो क्वालिफायरमा आउँदो सोमवार पुलिससँग खेल्नेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोली फाइनलमा पुग्नेछ ।
फाइनल खेल आउँदो बुधवार दिउँसो २ बजे त्रिपुरेश्वरको दशरथ रंगशालामा हुनेछ । उज्यालो
January 24, 2025 5:03 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
Loading...