पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि
11 months अगाडी
manoj Thapa
काठमाण्डाै – नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई ४–० गोलले हरायो । एपीएफको जीतमा सबिता राना मगरले २ तथा सरु लिम्बु र अनु लामाले १/१ गोल गरे । एपीएफले उपाधिसँगै १० लाख र उपविजेता बनेकाे पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ ।
एपीएफले अपराजित रहँदै उपाधि जितेको हो । महिला लिगमा शुरूमा १० वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउन्डपछि शीर्ष ५ टोली सुपर लिगमा प्रवेश गरेका थिए ।
एपीएफ शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बाग्मती युथ क्लब चौथो भएको थियो । पाँचौं भएको स्याङ्जाको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएपछि शीर्ष ४ टोली प्लेअफ पुगेका थिए । उज्यालो
January 29, 2025 4:32 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
Loading...