‘यूएसएआईडी’ ले आफ्ना कर्मचारीलाई अमेरिका फिर्ता बोलायो
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले विश्वभर रहेका आफ्ना कर्मचारीहरूलाई अमेरिका फर्कन भनेको छ ।
यूएसएआईडीले सूचना निकालेर निश्चित कर्मचारीबाहेक अरूलाई आउँदो शुक्रवार रातिदेखि प्रशासनिक बिदा दिइएको जानकारी गराएको हो । अहिलेको कार्यालयमै बस्नुपर्ने कर्मचारीलाई भोलिसम्ममा जानकारी दिने र बाँकी कर्मचारीले शुक्रवार रातिदेखि बिदा पाउने सूचनामा उल्लेख छ ।
व्यक्तिगत र पारिवारिक व्यवस्था मिलाएर ३० दिनभित्र अमेरिका फर्कने व्यवस्था गर्नुपर्ने र बालबालिकाको विद्यालय, गर्भवस्थालगायतका परिस्थितिमा समयसीमाबारे विचार गर्ने पनि सूचनामा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीको सहायता तीन महिनाका लागि रोक्दै समीक्षा र पुनरावलोकन गर्ने आदेश गरेपछि यस्तो सूचना जारी भएको हो । ट्रम्पले यसअघि नै यूएसएआईडीका दुई जना उच्च अधिकारीसहित केही कर्मचारीलाई निलम्बन गरिसक्नुभएको छ ।
यूएसएआईडी सन् १९६१ मा राष्ट्रपति जोन एफ. केनेडीको प्रशासनमा स्थापित भएको हो । यसले गरिबी निवारण, रोगहरूको उपचार, अनिकाल र प्राकृतिक प्रकोपहरूको प्रतिक्रिया दिन विश्वभर वार्षिक रूपमा अर्बाैं डलर वितरण गर्छ ।
सन् २०२३ मा यूएसएआईडीले विश्वका सयभन्दा धेरै देशमा गरी ४० अर्ब अमेरिकी डलर अर्थात् झन्डै ५५ खर्ब ३७ अर्ब रुपैयाँ खर्च गरेको थियो । विश्वभर रहेका यूएसएआईडीको कार्यालयहरूमा १० हजार जनाभन्दा बढी कर्मचारी रहेका जनाइएको छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।