अर्जुन ट्रफी क्रिकेट : बैतडीले काठमाण्डाैलाई हरायाे
काठमाण्डाै – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दशरथ चन्द एकेडेमी बैतडीले पहिलो जीत हात पारेको छ । बैतडीले क्रिकेट एक्सेलेन्स सेन्टर काठमाण्डौलाई १६ रनले हरायो ।
बैतडीले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १९ ओभर ४ बलमा १ सय ४४ रनमा अलआउट भयो । काठमाण्डौका राज शाहले नटआउट ३७, दीपेन्द्र रावतले ३२ रन बनाए । बैतडीका सलाहुद्दीन खानले ५, दिवान पुनले ३ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बैतडीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनायो । बैतडीका दिवान पुनले ४३, वसन्त खत्रीले ३२, अमर रौटेलाले नटआउट २९ रन बनाए । काठमाण्डौका दीपेन्द्र रावत र सूर्य तामाङले २/२ विकेट लिए । यो जीतसँगै बैतडी ३ खेलमा २ अङ्कसहित समूह ‘बी’ को तेस्रो स्थानमा छ । काठमाण्डौ उति नै खेलमा २ अङ्कसहित पुछारमा छ । भोलि लिग चरणको अन्तिम खेलपछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।
प्रतियोगितामा अहिले समूह ‘ए’ का फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र घोडाघोडी–११ सुख्खड खेलिरहेका छन् । समूह ‘ए’ बाट डडेल्धुरा र डीसीए धनगढी सेमिफाइनलमा पुगिसकेका छन् । अर्जुन ट्रफी क्रिकेटमा देशभरका ८ वटा क्लब सहभागी छन् ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता आउँदो सोमवार माघ २८ गतेसम्म चल्नेछ । उज्यालो
February 6, 2025 3:17 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने