बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन
1 year अगाडी
manoj Thapa
बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन शुरू भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विपक्षीहरूले गएराति उहाँका पिता शेख मुजिबुर रहमानको ढाकामा रहेको घरमा आगो लगाएर ध्वस्त पारेका छन् ।
उनीहरुले हिजै बेलुकादेखि देशभरि शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका बीबीसीले जनाएको छ । उनीहरुले शेख मुजिबुर रहमानको भित्ते चित्रहरू बिगारेका थिए ।
भारतमा रहनुभएका शेख हसिनाको अनलाइन कार्यक्रम अघि हिंसा शुरू भएको थियो । शेख हसिनाको बङ्गलादेश विरोधी गतिविधिका कारण प्रदर्शन भएको बङ्गलादेशका सञ्चार माध्यमले बताएका छन् ।
शेख हसिनाका विपक्षीहरूले उनी भारतमा बसेर बङ्गलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै आएका छन् ।
गएको वर्ष बङ्गलादेशमा आरक्षणविरुद्ध विद्यार्थीको हिंसात्मक प्रदर्शनपछि शेख हसिनालाई देश छाडेर भारत जानुपरेको थियो । उज्यालो
February 6, 2025 3:21 pm | विश्व,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...