सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत
नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित मञ्जुश्री संवत २८६१ डुल ल्हो सा पुख्री सर्प वर्ग सोनाम ल्होसार तथा बृहत सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकार सुरेश लामा र सुमिना लो तामाङ आज कुवेत आईपुगेका छ्न्।

उनिहरुको स्वागतको लागि खादा ओढाएर भब्य स्वागत गरिएको थियो नेपाल तामाङ घेदुङका पदाधिकारी तथा कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिसहित पत्रकारहरुको उपस्थिति रहेको थियो।

यही आउदो शुक्रवार १४ तारिक कुवेतस्थित अस्पायर ईण्डियन स्कुलको हलमा आफ्नो प्रस्तुति दिने छन। यस कार्यक्रम भब्यताका साथ सफल पार्नको लागी कुवेत वासी सम्पुर्ण दाजु भाइ तथा दिदि बैनीहरु यस कार्यक्रममा उपस्थिति भई दिनुहुन अनुरोध । तस्विर विजय लामा

कार्यक्रम विवरण
मिति : १४ फेब्रुअरी , २०२५ शुक्रबार।
समय : बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म।
स्थान : अस्पायर ईण्डियन स्कुल जीलिब।
आयोजक : नेपाल तामाङ घेदुङ कुवेत।
February 13, 2025 12:16 am | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै