भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला
काठमाण्डाै – भारतको ओडिशा राज्यको भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत एक जना नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।
बुटवलकी २० वर्षीया प्रकृति लम्साल होस्टलमा मृत भेटिएकी हुन् । मेकानिकल तेस्रो वर्षमा अध्ययनरत भारतीय विद्यार्थी अद्विक श्रीवास्तवको दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गरेको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतकको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पतालमा राखिएको छ । यस्तै प्रहरीले आरोपी अद्विकलाई पक्राउ गरेको खबरमा उल्लेख छ ।
यसैबीच प्रकृति लम्साललाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गर्दै केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेपछि कलेजले सबै नेपाली विद्यार्थीलाई घर फर्कन सूचना जारी गरेको छ । प्रदर्शनका कारण तनावपूर्ण अवस्था बनेपछि कलेजले ५ सय जनाभन्दा धेरै नेपाली विद्यार्थीलाई बलपूर्वक बाहिर निकालेको खबरमा उल्लेख छ ।
आफूहरूलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेशनमा ल्याएर छोडिदिएको तर नेपाल जाने रेल बिहीवार मात्र चल्ने भएकाले आफूहरू अलपत्र परेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले विश्वविद्यालयका प्रतिनिधिसँग कुरा गरेको र नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेख्दै विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निकालेकोबारे कुटनीतिक रूपमा बुझ्ने काम भइरहेको बताउनुभएको छ । उज्यालो
February 17, 2025 4:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै