नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडितलाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग ।
युग लामा / कुवेत – नेपाल तामाङ घेदुङ कुवेतले चितवन रत्न नगर ७ का मृगौला पिडीत सिंह लामा तामाङलाई नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित मञ्जुश्री संवत २८६१ डुल ल्हो सा पुख्री सर्प वर्ग सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम्मा उपस्थित दर्शक हरुबाट आर्थिक सहयोग प्राप्त भएको हो । उक्त कार्यको पहल गायक तथा समाजसेवी डीबी लोप्चनले गरेका थिए । घेदुङ कुवेतको उक्त कार्यक्रम र केही घेदुङ कुवेतका पदाधिकारिहरुबाट थपेर सहयोग संकलन गरी १ लाख ९० हजार १२ रुपैयाँ आर्थिक सहयोग गरेको हो।
सिंह लामाको आर्थिक अवस्था धेरै नाजुक रहेको रत्न नगर ७ का वडा सदस्य मार्फत मार्फत परदेशी हामीलाई जानकारी प्राप्त भएको छ।
उक्त आर्थिक सहयोग सिंह तामांगलाई वडा सदस्यहरु सुर्यलाल तामाङ र कुल प्रसाद आचार्य र टोल सुधार समितिका अध्यक्ष सोम बहादुर लोप्चनको रोहबरमा उक्त रकम हस्तान्तरण गरिएको हो।
नेपाल तामाङ घेदुङ कुवेतका सदस्य, गायक तथा समाजसेवी डीबी लोप्चनले सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी र सहयोग संकलनमा योगदान दिनुहुने सम्पूर्ण महानुभावहरुलाई मुरी मुरी धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।