

अब निरेमको आफ्नै ब्याण्ड : उदायो ‘निरेम द रिभल्स्’

फकिर / २५ फ्रेब्रुअरी कुवेत
लामो समयदेखी सूचना, संचार, समाजसेवा लगायत विभिन्न क्षेत्रमा कृयाशिल निरेम ग्रुप अफ कम्पनी अन्तर्गत निरेम प्रोडक्सनको आफ्नै साङ्गतिक ब्याण्ड स्थापना गरिएको छ । उक्त प्रोडक्सनले ‘निरेम द रिभल्स’ नामक साङ्गतिक ब्याण्ड सुरु गरेको हो । ‘रिभल्स’ले गत शुक्रबार सम्पन्न निरेम साङ्गतिक उत्सवमा आफ्नो पहिलो प्रस्तुती देखाएको थियो ।
गत हप्तादेखी अस्तित्वमा ल्याईएको उक्त ब्याण्डमा हाल छ जना युवाहरु संग्लन छन् । ब्याण्डको मेन भोकलिस्टमा सुरेन्द्र लिम्बु छन् । त्यस्तैगरी, गितारमा रोशन बैंजु , अनोज परियार र रेवन श्रेष्ठ छन् भने बेस गितारमा अर्पण विक छन् । भुषण राई उक्त ब्याण्डको ड्रमर हुन् । नेपाली कला, सङ्गीतलाई आफ्नो ब्याण्डको माध्यमद्दरा संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यसँगै कुवेतमा आयोजना हुने बिभिन्न साङ्गतिक कार्यक्रमहरुमा आफ्नो उपस्थिति जनाउनका लागी ब्याण्ड स्थापना गरिएको ‘निरेम द रिभल्स्’ ब्याण्डका मेन भोकलिस्ट् सुरेन्द्र लिम्बुले बताए । नेपाली कला संगितमा रुची भएका उर्जावान युवाहरुको समूहले नेपालीहरुको प्रतिनिधित्व गर्दै ब्याण्ड स्थापना गर्नुले उनीहरुको कला संङ्गीतप्रतिको प्रेम झल्काएको छ । साथै, कुवेतमा समय समयमा आयोजना भैरहने साङ्गतिक उत्सव तथा समारोहहरुमा पनी सो ब्याण्डको प्रस्तुती हेर्न पाईने भएको छ । राज मल्ल ठकुरी अध्यक्ष रहेको निरेम ग्रुप अफ कम्पनी अन्तर्गत निरेम प्रोडक्सन, निरेम खेलकुद समुह, निरेम ट्राभल्स, निरेम अपडेट लगायत अन्य संस्थाहरु संचालनमा रहेका छन् ।
February 26, 2025 11:58 am | लोकप्रिय,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

