विद्युतीय गाडीको खरिदमा ६० प्रतिशतसम्म मात्रै ऋण पाउने व्यवस्था कार्यान्वयनमा
काठमाण्डाै – विद्युतीय गाडीको खरिदमा बैंक तथा वित्तीय संस्थाले मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण दिन पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी गरेपछि नीति लागू भएको हो ।
यसअघि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत विद्युतीय गाडीमा ८० प्रतिशतसम्म र सार्वजनिक विद्युतीय गाडीमा शतप्रतिशतसम्म ऋण दिँदै आएका थिए ।
यस्तै पेट्रोल तथा डिजेलबाट चल्ने व्यक्तिगत गाडी खरिदमा ५० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ६० प्रतिशत बनाइएको नयाँ व्यवस्था पनि लागू भएको छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक गाडीमा भने बैंक तथा वित्तीय संस्थाले शतप्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था यथावत् छ ।
व्यवसायीहरूका अनुसार अहिले गाडीको कुल बजारमध्ये झन्डै ७० प्रतिशत विद्युतीय र बाँकी ३० प्रतिशत मात्र अरू गाडीको हिस्सा छ । यस्तो बेला विद्युतीय गाडीलाई निरुत्साहित गर्दा समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । उज्यालो
March 5, 2025 8:40 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग