विद्युतीय गाडीको खरिदमा ६० प्रतिशतसम्म मात्रै ऋण पाउने व्यवस्था कार्यान्वयनमा
काठमाण्डाै – विद्युतीय गाडीको खरिदमा बैंक तथा वित्तीय संस्थाले मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण दिन पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी गरेपछि नीति लागू भएको हो ।
यसअघि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत विद्युतीय गाडीमा ८० प्रतिशतसम्म र सार्वजनिक विद्युतीय गाडीमा शतप्रतिशतसम्म ऋण दिँदै आएका थिए ।
यस्तै पेट्रोल तथा डिजेलबाट चल्ने व्यक्तिगत गाडी खरिदमा ५० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ६० प्रतिशत बनाइएको नयाँ व्यवस्था पनि लागू भएको छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक गाडीमा भने बैंक तथा वित्तीय संस्थाले शतप्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था यथावत् छ ।
व्यवसायीहरूका अनुसार अहिले गाडीको कुल बजारमध्ये झन्डै ७० प्रतिशत विद्युतीय र बाँकी ३० प्रतिशत मात्र अरू गाडीको हिस्सा छ । यस्तो बेला विद्युतीय गाडीलाई निरुत्साहित गर्दा समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । उज्यालो
March 5, 2025 8:40 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर