

प्रवासी नेपाली मञ्च कुवेतको सहयोगमा लाते तामाङको शव नेपाल पठाइयो

मकवानपुर स्थायी घर भएका ४७ वर्षीय लाते तामाङको शव कुवेतबाट नेपाल पठाइएको छ। तामाङ १७ वर्षअघि रोजगारीका लागि कुवेत गएका थिए, तर पछिल्लो समय उनी अवैधानिक रूपमा त्यहाँ बसेका थिए।
लामो समयदेखि कुवेतमा कार्यरत तामाङको स्वास्थ्य अवस्था केही महिनादेखि खराब थियो। करिब ३-४ महिनाअघि अस्पताल भर्ना भएका उनलाई उपचारका क्रममा स्वास्थ्य अवस्था झन् जटिल भएपछि निधन भएको थियो।
उनको शव अस्पतालमै रहेको थियो भने नेपाल पठाउन लाग्ने खर्च अभावका कारण समस्या भएको थियो। यसै क्रममा नेपाल सरकारको अनुरोधमा प्रवासी नेपाली मञ्च कुवेतले शव पठाउन लाग्ने ३८५ केडि (करिब १ लाख ७० हजार नेपाली रुपैयाँ) सहयोग गरेको हो। यो रकम प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी श्रमिक राहत कोषमार्फत प्रदान गरिएको हो।
उनको शव कुवेत एयरवेजमार्फत नेपाल पठाइएको छ, जसको एयर वेबिल नम्बर 229-1738 6165 रहेको छ। विमान कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्ने तालिका छ।
प्रवासी नेपाली मञ्च कुवेतका प्रतिनिधिहरूका अनुसार अवैधानिक रूपमा बसेका नेपालीहरू आपतकालीन अवस्थामा परेको खण्डमा उचित कानुनी प्रक्रियाबिना ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई कानुनी रूपमा बस्न र समयमै कागजात नवीकरण गर्न सुझाव दिइएको छ।
March 10, 2025 12:39 am | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

राजावादी सक्रिय हुनुमा सरकार दोषी : माओवादी

प्रवासी नेपाली मञ्च कुवेतको सहयोगमा लाते तामाङको शव नेपाल पठाइयो

तमू समाज कुवेतद्धारा ‘९ औं बृहत रक्तदान कार्यक्रम’ मे २३ तारिख गर्ने

संविधान कार्यान्वयन र आवश्यकताअनुसार संशोधन सरकारको कर्तव्य हो : प्रधानमन्त्री ओली

विद्युतीय गाडीको खरिदमा ६० प्रतिशतसम्म मात्रै ऋण पाउने व्यवस्था कार्यान्वयनमा

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको सातौं वार्षिकोत्सव तथा श्रमिक जनचेतनामूलक कार्यक्रम सम्पन्न

अब निरेमको आफ्नै ब्याण्ड : उदायो ‘निरेम द रिभल्स्’

सुदुरपश्चिमेली समाज कुवेतको सातौ वार्षिक उत्सवको सम्पुर्ण तयारी

