राजावादी सक्रिय हुनुमा सरकार दोषी : माओवादी
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पदाधिकारी बैठकले राजावादी सक्रिय हुनुको पछाडि सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सरकार नै दोषी रहेको आरोप लगाएको हो ।
सरकारका नराम्रा कामहरूको फाइदा उठाएर व्यवस्था विरोधीहरूले अभियान सञ्चालन गरेको निष्कर्ष निकालेको बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले बैठकमा तराई/मधेश अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको बारेमा छलफल भएको बताउनुभयो । बैठकले गणतन्त्र र सरकारलाई खबरदारी गर्न छिट्टै समाजवादी मोर्चाको बैठक गरी प्रदर्शन तालिका बनाउन सुझाव दिएको प्रवक्ता सापकाेटाकाे भनाइ छ ।
बैठकमा अध्यक्ष प्रचण्डले परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको ब्रिफिङ गर्नुभएको थियो । उहाँले यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि संवाद गर्ने तयारीमा आफू रहेको बताउनुभएको छ ।
राजावादीको सक्रियता बढेको भन्दै तराई/मधेश जागरण अभियान स्थगित गरेको माओवादीले गणतन्त्र र संविधान रक्षाका लागि काठमाण्डाैमा प्रदर्शन गरेर मात्रै अभियानमा फर्किने निर्णय पनि गरेको छ । उज्यालो
March 10, 2025 8:41 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने