९ महिनादेखि अन्तरिक्षमा फसेका २ जनालाई लिन गएको रकेट भोलि बिहान सबेरै पृथ्वीमा आइपुग्ने
नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोर भोलि बिहान सबैरै पृथ्वीमा आइपुग्ने भएका छन् ।
सुनिता र बुचलाई बोकेको स्पेसएक्स रकेट स्थानीय समयानुसार ५ बजेर ५ मिनेटमा स्टेशनबाट पृथ्वीका लागि अलग भएको बीबीसीले जनाएको छ । उनीहरूलाई पृथ्वीमा फर्किन १७ घण्टा लाग्ने र नेपाली समयानुसार भोलि बिहान पौने ४ बजेतिर अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गर्ने खबरमा उल्लेख छ ।
यो रकेटमा अमेरिकी निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोभ पनि सामेल छन् । सुनिता र बुच आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा स्पेस स्टेशन गएका थिए । उनीहरू बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा गएका थिए । तर स्पेस क्राफ्टमा प्राविधिक त्रुटि आएपछि उनीहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिएका थिए ।
यसअघि उनीहरूको फिर्तीका लागि प्रक्षेपण गर्न खोजिएको फाल्कन–९ अन्तिम समयमा स्थगित गरिएको थियो । सुनिता र बुचसहित चार जना फर्किएसँगै उनीहरूको ठाउँमा यसअघि स्पेसएक्ससँगै गएका रुस र जापानका एक/एक तथा अमेरिकाका दुई गरी चार जना नयाँ अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् । उज्यालो
March 19, 2025 1:37 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत