रुसले युक्रेनका २ वटा अस्पतालमा ड्रोन आक्रमण गर्याे
1 year अगाडी
manoj Thapa
रुसले युक्रेनका दुई वटा अस्पतालमा ड्रोन आक्रमण गरेको छ । रुसी सेनाले उत्तरी सुमी क्षेत्रको दुई वटा अस्पतालमा ड्रोन आक्रमण गरेका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कुराकानी भएको केही घण्टापछि सुमी शहरको एउटा अस्पतालमा ड्रोन आक्रमण भएको थियो । त्यसपछि क्रास्नोपिल्यामा रहेको एउटा अस्पतालमा ड्रोन आक्रमण भएको थियो ।
ड्रोन आक्रमणबाट अस्पतालको भवनमा क्षति पुगेको छ । आक्रमणको समयमा बिरामी र कर्मचारी शेल्टरमा रहेका कारण कुनै मानवीय क्षति नभएको बीबीसीको खबरमा उल्लेख छ ।
सुमी शहरको अस्पतालमा एक सय ४७ बिरामी र २२ कर्मचारी तथा क्रास्नोपिल्याको अस्पतालमा ४९ बिरामी र ११ कर्मचारी रहेका खबरमा उल्लेख छ । उज्यालो
March 19, 2025 6:37 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...