नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत पुग्ने एडीबीको अनुमान
काठमाण्डाै – एशियाली विकास बैंक (एडीबी) सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
एडीबीले आज ‘एशियन डेभलपमेन्ट आउटलुक–२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्ष नेपालको अर्थतन्त्र ४ दशमलव ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको हो । गएको वर्ष नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत थियो । यस्तै आउँदो वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ ।
अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एशिया र प्यासिफक क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडीबीले जनाएको छ ।
अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडीबीले एशिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत र सन् २०२६ मा ४ दशमलव ७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।
त्यस्तै यस वर्ष नेपालको मुद्रास्फीति ५ दशमलव २ प्रतिशत र आउँदो वर्ष ५ प्रतिशत रहने एडीबीको अनुमान छ । गएको असोजमा आएको बाढी पहिरोका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडीबीले जनाएको छ ।
यस्तै मध्यपूर्व क्षेत्रमा देखिएको तनाव, खाद्य र ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी आर्थिक अनिश्चितता, युक्रेन–रुस युद्धबाट सिर्जित समस्यालगायत कारणले जोखिम बढ्ने एडीबीको अनुमान छ । उज्यालो
April 9, 2025 2:39 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर