नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत पुग्ने एडीबीको अनुमान
काठमाण्डाै – एशियाली विकास बैंक (एडीबी) सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
एडीबीले आज ‘एशियन डेभलपमेन्ट आउटलुक–२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्ष नेपालको अर्थतन्त्र ४ दशमलव ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको हो । गएको वर्ष नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत थियो । यस्तै आउँदो वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ ।
अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एशिया र प्यासिफक क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडीबीले जनाएको छ ।
अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडीबीले एशिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत र सन् २०२६ मा ४ दशमलव ७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।
त्यस्तै यस वर्ष नेपालको मुद्रास्फीति ५ दशमलव २ प्रतिशत र आउँदो वर्ष ५ प्रतिशत रहने एडीबीको अनुमान छ । गएको असोजमा आएको बाढी पहिरोका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडीबीले जनाएको छ ।
यस्तै मध्यपूर्व क्षेत्रमा देखिएको तनाव, खाद्य र ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी आर्थिक अनिश्चितता, युक्रेन–रुस युद्धबाट सिर्जित समस्यालगायत कारणले जोखिम बढ्ने एडीबीको अनुमान छ । उज्यालो
April 9, 2025 2:39 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग