एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म
पूर्ण रूपमा स्वचालित एआई र रोबटिक्स प्रणालीले सञ्चालन गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियाबाट एक शिशुको जन्म भएको छ । विशेषज्ञहरूले आफ्नो भौतिक संलग्नता बिनै कृत्रिम बुद्धिमत्ता (एआई)लाई डिजिटल माध्यमबाट निर्देशन दिएको भरमा आईभीएफ विधि सञ्चालन गरेर विश्वमै पहिलो बच्चा जन्मिएको स्वास्थ्यसम्बन्धी जानकारी दिने अन्तर्राष्ट्रिय सञ्चारमाध्ययम मेडिकल एक्सप्रेसले जनाएको छ । बच्चा स्वस्थ रहेको खबरमा उल्लेख छ ।
अमेरिकी बायोटेक कम्पनी ‘कन्सिभेबल लाइफ साइन्सेज’ का वैज्ञानिक तथा चिकित्सकहरूले पूर्ण स्वचालित आईभीएफ प्रविधि विकास गरेका हुन् । एआईमा आधारित आईभीएफ प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट लिएर प्रयोगशालामा निषेचन गर्ने प्रक्रिया आईसीएसआई लाई पूर्ण स्वचालित बनाइएको थियो ।
आईभीएफ विधिको परम्परागत निषेचन प्रक्रियामा एक–एक शुक्रकीटलाई भ्रुण विशेषज्ञहरूले अण्डामा इन्जेक्सन गर्ने वा खोपद्वारा मिसाउनुपर्छ । यो निकै लामो प्रक्रियाका कारण प्रयोगशालाका कर्मचारीलाई अधिक थकान र मानवीय त्रुटिको समेत सम्भावना रहन्छ । लामो प्रक्रियाका कारण महँगो पनि छ ।
अहिले विकास गरिएको प्रणालीले निषेचन पक्रियाका २३ वटा जटिल चरणहरूलाई एआई र डिजिटल नियमनमार्फत स्वाचालित गरी सही र सटीक परिणाम सुनिश्चित गर्ने दाबी गरिएको छ । यस प्रविधिले भ्रुण विकासको सम्भावना बढाउने गरी निषेचन प्रक्रियामा सबैभन्दा उत्तम शुक्रकीट छनोट गर्न एआईमा निर्भर रहने कम्पनीले जनाएको छ । उज्यालो
April 12, 2025 9:00 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।