एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म
पूर्ण रूपमा स्वचालित एआई र रोबटिक्स प्रणालीले सञ्चालन गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियाबाट एक शिशुको जन्म भएको छ । विशेषज्ञहरूले आफ्नो भौतिक संलग्नता बिनै कृत्रिम बुद्धिमत्ता (एआई)लाई डिजिटल माध्यमबाट निर्देशन दिएको भरमा आईभीएफ विधि सञ्चालन गरेर विश्वमै पहिलो बच्चा जन्मिएको स्वास्थ्यसम्बन्धी जानकारी दिने अन्तर्राष्ट्रिय सञ्चारमाध्ययम मेडिकल एक्सप्रेसले जनाएको छ । बच्चा स्वस्थ रहेको खबरमा उल्लेख छ ।
अमेरिकी बायोटेक कम्पनी ‘कन्सिभेबल लाइफ साइन्सेज’ का वैज्ञानिक तथा चिकित्सकहरूले पूर्ण स्वचालित आईभीएफ प्रविधि विकास गरेका हुन् । एआईमा आधारित आईभीएफ प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट लिएर प्रयोगशालामा निषेचन गर्ने प्रक्रिया आईसीएसआई लाई पूर्ण स्वचालित बनाइएको थियो ।
आईभीएफ विधिको परम्परागत निषेचन प्रक्रियामा एक–एक शुक्रकीटलाई भ्रुण विशेषज्ञहरूले अण्डामा इन्जेक्सन गर्ने वा खोपद्वारा मिसाउनुपर्छ । यो निकै लामो प्रक्रियाका कारण प्रयोगशालाका कर्मचारीलाई अधिक थकान र मानवीय त्रुटिको समेत सम्भावना रहन्छ । लामो प्रक्रियाका कारण महँगो पनि छ ।
अहिले विकास गरिएको प्रणालीले निषेचन पक्रियाका २३ वटा जटिल चरणहरूलाई एआई र डिजिटल नियमनमार्फत स्वाचालित गरी सही र सटीक परिणाम सुनिश्चित गर्ने दाबी गरिएको छ । यस प्रविधिले भ्रुण विकासको सम्भावना बढाउने गरी निषेचन प्रक्रियामा सबैभन्दा उत्तम शुक्रकीट छनोट गर्न एआईमा निर्भर रहने कम्पनीले जनाएको छ । उज्यालो
April 12, 2025 9:00 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत