१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै
काठमाण्डौ – आइसीसी १९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि शुरु हुँदैछ । घरेलु टोली नेपालले आज यूएईसँग आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल मूलपानीको तल्लो क्रिकेट मैदानमा बिहान ९ बजे शुरु हुनेछ ।
यस मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो । यस्तै माथिल्लो क्रिकेट मैदानमा अफगानिस्तान र ओमानबीच अर्को खेल पनि बिहान ९ बजेदेखि शुरु हुँदैछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । नेपालले भोलि ओमानसँग, बुधवार हङकङसँग र शनिवार अफगानिस्तानसँग खेल्नेछ ।
राउन्ड रोबिन लिगमा सबैभन्दा धेरै अङ्क ल्याउने टोली विजेता बन्दै १९ वर्षमुनिको विश्वकपमा पुग्नेछ । आजदेखि शुरु हुने खेल आउँदो वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकपमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । समूह चरणबाटै बाहिरिएपछि टेस्ट मान्यताप्राप्त अफगानिस्तान अहिले एशिया छनोट खेल्न आएको हो ।
राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी १९ वर्षमुनिको विश्वकपका लागि छनोट हुनेछ । नेपालले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग तीन एकदिवसीय खेल खेलेर प्रतियोगिताको तयारी गरेको थियो । त्यसमा नेपाल २–१ ले पराजित भएको थियो ।
यसैबीच नेपालले १९ वर्षमुनिको विश्वकप छनोट तेस्रो पटक आयोजना गर्न लागेको हो । यसअघि सन् २००१ र २००५ मा गरी घरेलु मैदानमा दुई पटक आयोजना भएको एसीसी १९ वर्षमुनिको कप जित्दै नेपाल १९ वर्षमुनिको विश्वकपमा पुगेको थियो । नेपालले आठ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ । उज्यालो
April 13, 2025 8:32 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने