गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायली सेनाले स्वीकार्यो आफ्नो गल्ती
इजरायली सेनाले गएको महिना गाजामा १५ जना आपतकालीन क्षेत्रका डाक्टर र कर्मचारीको ज्यान जानुमा आफ्नो गल्ती भएको स्वीकार गरेको छ ।
यस घटनाको अनुसन्धानको क्रममा, इजरायली सेनाले आफ्नै धेरै कमजोरीहरू भएको बताएको हो । सेनाले आफ्नो प्रतिवेदनमा अनुसन्धानको क्रममा अपूर्ण र गलत सूचना दिने अधिकारीलाई बर्खास्त गरिएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।
गएको मार्च २३ मा, प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी प्रयोग गरेको एम्बुलेन्सहरूसँगै संयुक्त राष्ट्र सङ्घको कार र दमकल पनि समावेश थियो ।
यही गाडीहरुमा इजरायली सेनाले गोली चलाएको थियो । यस घटनामा १४ जना आपतकालीन सेवा कर्मचारी र एक जना संयुक्त राष्ट्र सङ्घका कर्मचारीको ज्यान गएको थियो ।
इजरायली सेनाले अँध्यारोमा पनि हेडलाइटविना शङ्कास्पद रूपमा गाडी चलाइरहेकाले गोली चलाएको बताएको थियो ।
यी गाडीहरूको आवतजावतको बारेमा सेनालाई पहिले जानकारी नदिएकाले घटना भएको सेनाको दाबी छ । उज्यालो
April 21, 2025 8:57 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत