जम्मू–कश्मीरमा भएको आक्रमणपछि भारतको कडा कदम, पाकिस्तानी नागरिकलाई भिसा बन्द
भारतको जम्मू–कश्मीर पहलगाममा अस्ति भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा हिजो बसेको सुरक्षासम्बन्धी समिति (सीसीएस) को बैठकले पाँच प्रमुख निर्णय गरेको छ ।
भारतले पाकिस्तानीहरूको लागि तत्काल लागू हुने गरी भिसामा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन । अर्को निर्णय नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा नदिने जनाएको छ ।
त्यस्तै, पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्नुका साथै भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्न भनिएको छ । पाकिस्तानी कूटनीतिज्ञलाई ७ दिनभित्र देश छोड्नुपर्ने भनिएको छ ।
बैठकले सिन्धु जल सम्झौता रोक्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ । पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् । उज्यालो
April 24, 2025 8:58 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने