

किराती समुदायको महान चाडको अवसरमा मङ्गाफमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने

कुवेत/“भाषा, धर्म, सरकार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नारासहित किराती समुदायको महान चाड यक्वा तङनाम, साकेला उभौली, तथा सालिवा श्याँदर पिदारको अवसरमा कुवेतको मङ्गाफस्थित DLIGHTS HALL मा एक भव्य सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको छ।
२०८१ साल बैशाख १९ गते, शनिबार दिउँसो १ बजे सुरु हुने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित लोकप्रिय गायक महेश कुमार सुनुवारको विशेष प्रस्तुति रहनेछ। साथै, शुभकामना आदान–प्रदान, किराती परम्परागत नृत्य, भेषभूषा प्रदर्शन, तथा विविध सांस्कृतिक प्रस्तुति समावेश गरिने कार्यक्रम आयोजकहरूले जनाएका छन्।
उक्त कार्यक्रम किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, र सुनुवार सेवा समाज, कुवेतको संयुक्त आयोजनामा सम्पन्न हुँदैछ।
कार्यक्रमको उद्देश्य किराती भाषाहरू, धर्म, परम्परा, र संस्कृतिको संरक्षण तथा प्रचार–प्रसार गर्नु रहेको छ। कुवेतमा रहेका सम्पूर्ण किराती तथा गैर–किराती नेपाली समुदायका दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई आफ्नो मौलिक संस्कृतिको संरक्षणमा सहकार्य गर्न आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।
May 1, 2025 11:33 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

