 
						 
कुवेतमा छायांकन गरिएको “माया” गीत सार्वजनिक
 
 कुवेत — नेपाली कलाकारिताको समर्पण र सिर्जनशीलताले फेरि एकपटक विदेशी भूमिमा गर्जन गरेको छ। व्यस्त दिनचर्या र सीमित स्रोतबीच पनि कुवेतमा कार्यरत नेपालीहरूद्वारा निर्मित नेपाली गीत “माया” को म्यूजिक भिडियो हालै HighlightsNepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
यस म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन सुरेन्द्र लिम्बुले गरेका हुन्। पोष्ट प्रोडक्सन कार्य निरेम प्रोडक्सन र काम चलाउ स्टुडियो कुवेतको सहकार्यमा सम्पन्न गरिएको हो। भिडियोमा अर्जुन गुरागाईं, सिमा गुरुङ, सुवोध गिरी, किरण राई, रेनु र एन्जल लिम्बु जस्ता कलाकारहरूले अभिनय गरेका छन्, जसले गीतको भावनात्मक गहिराइलाई प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्।
गीतमा स्वर र अभिनय दुबै अर्जुन गुरागाईं को रहेको छ। शब्द ऋतेश गुरागाईं, संगीत बिकेश साउदेन, गितार एरेञ्जमेन्ट मनोज मोहते तथा मिक्सिङ/मास्टरिङ डम्बर लिम्बु द्वारा गरिएको हो। रेकर्डिङको सम्पूर्ण प्रक्रिया काम चलाउ स्टुडियो, कुवेत मा सम्पन्न भएको हो।गायक अर्जुन गुरागाईंले यो सिर्जनात्मक यात्रामा साथ दिने सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गर्दै यस प्रकारको कामले विदेशमा रहेर पनि नेपाली कला र संस्कृतिप्रति समर्पणलाई झल्काउँछ भन्ने उल्लेख गरेका छन्।
May 2, 2025 4:11 pm | Uncategorized,मनोरञ्जन 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
			  		चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
 
 
