भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता
भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानाकामा संयुक्त रुपमा गस्ती र खबर आदान–प्रदानलाई तीव्रता दिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले नेपालका सीमानाका र विमानस्थलमा सुरक्षा निगरानी थप बलियो बनाउने निर्णय गरेको छ ।
भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको छ ।
भारतले पहलगाम आक्रमणमा संलग्न उग्रवादीहरूलाई पाकिस्तानको समर्थन रहेको आरोप लगाउँदै आएको छ, तर इस्लामाबादले यसको खण्डन गरेको छ ।
भारत सरकारको जबाफी कारबाहीबारे नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर यसले पार्नसक्ने प्रभावबारे नेपाल गम्भीर हुनुपर्ने आवाज संसद्मा उठेको छ ।
भारत र पाकिस्तान दुवै देश सम्मिलित दक्षिण एशियाली सहयोग सङ्गठन सार्कको अध्यक्षता हाल नेपालले गरिरहेको छ ।
यसअघि वैशाख ९ गते पहलगाममा भएको आतंकवादी हमलाको नेपालले निन्दा गरेका थियो । तर हिजो बिहान भारतले पाकिस्तानको कश्मीर र पन्जाबका केही ठाउँमा गरेको क्षेप्यास्त्र आक्रमण तथा सीमा क्षेत्रमा भएको दोहोरो हमलाबारे नेपालले केही बोलेको छैन । भारत र पाकिस्तानबीच फेरि बढेको सैन्य तनावले क्षेत्रीय अशान्तिको चिन्ता थपेको छ । उज्यालो
May 8, 2025 8:26 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड