भारत र पाकिस्तान युद्धविराम गर्न सहमत
भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले तत्काल र पूर्ण युद्धविराम गर्न सहमति जनाएका बताउनुभएको छ ।
अमेरिकाको मध्यस्थतामा लामो समयको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका घोषणा गर्न पाउँदा आफूलाई खुशी लागेको ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेख्नुभएको छ ।
सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेको भन्दै उहाँले दुवै देशलाई बधाई दिनुभएको छ ।
भारतका विदेश सचिव विक्रम मिश्रीले पनि भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । भारतीय समयानुसार आज बेलुकी ५ बजेदेखि दुवै पक्षले जमिन, हावा र समुद्रमा सबै प्रकारका गोलीबारी र सैन्य कारबाही बन्द गर्ने सहमति भएको विदेश सचिव मिश्रीले बताउनुभयो ।
गएको महिना भारत-प्रशासित कश्मीरको पहलगाममा आतङ्कवादी आक्रमणमा २६ जना पर्यटकको ज्यान गएपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो । भारतले पाकिस्तानलाई आतङ्ककारीलाई सघाएको आरोप लगाएको थियो । तर पाकिस्तानले त्यसको खण्डन गरेको थियो ।
पहलगाम आक्रमणको जवाफ दिन भन्दै भारतले यो हप्ता पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरका विभिन्न ठाउँमा हवाई हमला गरेको थियो ।
त्यसपछि दुवै पक्षले एकअर्काले आफ्नो भूमिमा गोलाबारी गरेको अनि क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको आरोप लगाउँदै आएका थिए । ती आक्रमणमा दुवै देशमा मानिसहरू हताहत भएको विवरण आएको छ ।
May 10, 2025 10:29 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।