Saturday 12th July 2025

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

2 months अगाडी

काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठकले जलस्रोत विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्नुभएकाे संशोधित दफासहितको विधेयक बहुमतले पारित भएकाे हाे ।

बैठकमा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले यस विधेयकले जलको प्रयोग, सदुपयोग र संरक्षण एवम् समुचित बाडँफाँटको विषयमा केन्द्रित भएर काम गर्ने र यसको सम्पूर्ण जिम्मेवारी जल तथा ऊर्जा आयोगलाई दिइने व्यवस्था गरेको बताउनुभयो ।

उहाँले सम्पूर्ण नदीको क्षमता कति र संरक्षण कसरी गर्न सकिन्छ भन्ने व्यवस्था विधेयकमा समावेश भएको उल्लेख गर्दै यसले तीनै तहका सरकारको अधिकारलाई सुनिश्चित गर्ने दाबीसमेत गर्नुभयो ।

विधेयकमाथिको छलफलमा सांसदहरू दिलेन्द्रप्रसाद बडू, माधव सापकोटा, डा. अमरेशकुमार सिंह, किरणकुमार साह, सुनिता बराल, लक्ष्मी तिवारी, प्रेम सुवाल, हितराज पाण्डे, ठाकुरप्रसाद गैरे र लेखनाथ दाहालले धारणा राखेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ । उज्यालो

          May 19, 2025 10:59 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...