

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

काठमाण्डौ – कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वाअनुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै वर्षा भएको हो ।
पछिल्लो डेढ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी, प्रदेशमा पानी परेको छ । ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।
आज दिउँसो विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले विभिन्न ठाउँमा पानी परेको मौसमविदले बताएका छन् ।
देशका केही ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।
महाशाखाका अनुसार अबको तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको छ । उज्यालो
May 20, 2025 6:39 am | समाज,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

